चौधो इनास अवार्ड सिक्किममा हुने घोषणा भए लगत्तै चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले त्यहाँ नेपाली फिल्म प्रदर्शनको लागि पहल सुरु गरेका छन् । सिक्किम विकास वोर्डका अध्यक्ष तथा अभिनेता उत्तम प्रधानलाई मंगलबार आफ्नो कार्यालयमा स्वागत गर्दै अध्यक्ष राईले नेपाली फिल्मको बजार विस्तारका लागि पहल सुरु गरेका हुन् ।

uttam-pradhan-rajkumar-rai

‘त्यहाँ प्रवासी नेपालीहरु धेरै छन् । विदेशी फिल्मलाई कर पनि कम छ । चाँडै नै नेपाली फिल्मलाई त्यहाँ प्रदर्शन गर्न हामी सिक्किम सरकारसँग आग्रह गर्छौं ।’ तर, सिक्किममा सबै खाले फिल्मले प्रदर्शनको अवसर नपाउने अध्यक्ष राईले बताए । उनले भने, ‘विकास वोर्डले छनोट समिति गठन गरेर पठाउने छ । विकास वोर्ड सदस्य र अन्य फिल्म समिक्षकको पाँच जनाको समितिले कुन फिल्म पठाउने भन्ने निर्णय गर्नेछ ।’

uttam-rajkumar-prakash-subedi
यता ‘दर्पण छाँया’ अभिनेता तथा त्यहाँका विकास वोर्ड अध्यक्ष उत्तम प्रधानले पनि नेपाली फिल्म प्रदर्शनका लागि आफुले सक्दो पहल गर्ने बताए । जम्मा दुई वटा हल भएको भन्दै हिन्दी फिल्मको चापले गर्दा नेपाली फिल्मको प्रदर्शनमा केही समस्या आइरहेको उनले सुनाए । यता नेपालका इनास अध्यक्ष प्रकाश सुवेदीले अवार्ड अगाडी धेरै भन्दा धेरै नेपाली फिल्महरु रिलिज हुनु पर्ने माग राखे ।

For More videos Log on to Mazzako TV