विश्वमै पहिलो पटक ‘वन टेक ओके’ मा दुई वटा नेपाली फिल्महरु बन्ने भएको छन् । एक सटमा खिचिने फिल्महरु ‘जालो’ र ‘जालो रिटन्र्स’ निर्माणको सोमबार औपचारिक जानकारी गराइयो । यस भन्दा अगाडी यस तरिकाले विश्वकमा कुनै पनि फिल्महरु खिचिएका छैनन् ।

jalo-press-meet

गिनिज वुक अफ् द् वल्र्ड रेकर्डस्मा नाम लेखाउने प्रक्रिया समेत सुरु भैसकेको जानकारी दिदैं निर्देशक अराज केशवले फिल्म बारे छोटकरीमा भने, ‘जालो सात वर्षको सपना थियो । तर कसरी गर्ने भन्ने कुरामा म विश्वस्त भैसकेको थिइँन् । विभिन्न अनुसन्धानपछि जालो निर्देशन गर्ने निर्णय लिएको हुँ ।’ मोहित मुनालले निर्माण गर्ने फिल्ममा लभ, कमेडी, रोमान्स र सस्पेन्स थ्रिल रहने निर्देशकले बताएका छन् ।

barsha-siwakoti-bhanu-partap

निर्देशक केशव गिरीकै लेखन रहेको फिल्म ‘जालो’ मा अनुपविक्रम शाही, बर्षा सिवाकोटी, मेनुका प्रधान, आशिफ शाह, भानु प्रताप, प्रकाश श्रेष्ठ, मुक्तराज न्यौपाने, भिष्म जोशी लगायत कलाकारहरुको अभिनय रहनेछ ।

anoop-bikram-shahi

धनी गिरीको कार्यकारी निर्माण रहने फिल्ममा निर्माता मुनाल स्वयम र हरी लम्सालको संगीत रहनेछ भने भूपेन्द्र खड्काको शब्द रहने गीतमा सुगम पोखेरल श्रेया सोताङ र निर्माता तथा संगीतकार मुनालको स्वर रहनेछ । वर्कसपपछि फिल्मको छायाँकन यसै वर्षबाट सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV