आकाशको प्रसंशा गर्दै अनमोलले भने, ‘मम्मीले मलाई अफर नै गर्नुभएन’
युवा स्टार अनमोल केसीकी आमा सुस्मिता केसीले ‘म त तिम्रै हुँ’ फिल्म बनाएकी छिन् । अनमोल यसमा निर्माताको रुपमा रहेका छन् । यिनै निर्माता अनमोल मंगलबार यस फिल्मको प्रेसमिटमा सहभागी भए । त्यहाँ उनले केहीबरे प्रेससँग अन्र्तक्रिया गरे ।
आफ्नै आमाले बनाएको फिल्ममा तपाईं किन खेल्नु भएन ? भनेर सोधिएको प्रश्नमा अनमोलले हाँस्दै भने, ‘मलाई मम्मीले फिल्मको अफर नै गर्नु भएन ।’ तर उनले फिल्मको पात्र आफुलाई सुहाउँदो नभएकाले आफुले आमाको फिल्म नखेलेको बताए । यता ‘म त तिम्रै हुँ’ का नव नायक आकाशको अभिनयको भने अनमोलले प्रशंसा गरे । उसो भए आकाश के अनमोलको प्रतिस्पर्धी बन्न सक्छन् ? अनमोलले भने, ‘मेरो प्रतिस्पर्धी भन्दा पनि आकाशले आफ्नै ठाउँ बनाउँछ । म आउँदा पनि मैंले कसैलाई प्रतिस्पर्धी बनाएको थिइँन् ।’ आकाशले पनि फिल्ममा मिहेनत गरेकाले फिल्म क्षेत्रमा आफ्नो भविष्य राम्रो हुने अपेक्षा व्यक्त गरे ।
अभिनेत्री तथा निर्मात्री सुस्मिता केसीले दर्शकलाई मन पर्ने फिल्म बनाएको बताइन् । निर्देशक श्रीराम महतले युवा पुस्ता र नेपाली फिल्मका दर्शकलाई मन पर्ने कथा वस्तुको फिल्म बनेका दाबी गरे । नव नायिका ज्योत्सना योगीले पनि फिल्मले राम्रो गर्ने आशा राखिन् । फिल्म ‘म त तिम्रै हुँ’ यही शुक्रबार अर्थात् साउन ७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV