अमेरिकादेखि भुवन केसीले भने, ‘अनमोललाई जन्मदिने आमाले बनाएको फिल्म सुपर डुपर हिट होस्’
‘ड्रिम्स’ प्रदर्शनका लागि हाल अमेरिकामा रहेका अभिनेता भुवन केसीले पुर्व पत्नी सुस्मिता केसीले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ सफलताको लागि शुभकामना दिएका छन् । आउँदो शुक्रबार, साउन ७ गतेदेखि प्रदर्शनमा आउने सुस्मिताको फिल्मलाई सफलताको कामना गर्दै मज्जाको टिभीसँग निर्देशक समेत रहेका केसीले भनेका छन्, ‘अनमोललाई जन्मदिने आमाले बनाएको फिल्म सुपर डुपर हिट होस् । धेरै चलोस् ।’ भिडियो हेर्नुस् :
पुर्व पत्नी केसी बारे अभिनेता केसी भन्छन्, ‘अहिले हामी विचार नमिलेर टाढा भएतापनि जीन्दगीका धेरै वर्ष सँगै बितायौं । दुःख सुख साटेका थियौं । कुनै पुरानो साथीले केही काम गरेछ भने सफलताको शुभकामना दिइन्छ । भनेपछि उ त अनमोलको आमा हो ।’
For More videos Log on to Mazzako TV