भदौ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बृन्दावन’ मा बाँदरको पनि अभिनय रहेको छ । भारतबाट ल्याइएको बाँदरलाई कम मूल्यमा भने अभिनय नगराइएको फिल्मका निर्माता रुद्र खनालले बताएका छन् । फिल्मकी मुख्य नायिका शिल्पा पोखरेलको भन्दा बाँदरलाई बढी पारिश्रमिक दिइएको निर्माता खनालको दाबी छ ।

shilpa-pokhrel-and-monkey

दुई वटा बाँदर र उसलाई हेरचाह गर्ने मालिकलाई गरी झण्डै तीन लाख नेपाली रुपैयाँ दिइएको निर्माता खनालको दाबी छ । बाँदरलाई तीन लाख दिएका निर्माताले नायिकालाई चाहिं कति पारिश्रमिक रकम दिए त ? ‘उहाँलाई पनि राम्रै पारिश्रमिक रकम दिएका छौं तर बाँदको भन्दा चाहिं कम छ’ निर्माता खनालले भने । नायक किशोर खतिवडाले पनि अभिनय गरेको फिल्म ‘बृन्दावन’ को ट्रेलर हेर्नुस् :

‘बृन्दावन’ मा बाँदरको भूमिका चाहिं कस्तो छ त ? निर्देशक राज बहादुर सानेले भने, ‘एकदमै दमदार छ । दर्शकलाई बाँदरले पनि यस्तो अभिनय गर्छ भन्ने लाग्नेछ ।’ यसअघि पनि केही नेपाली फिल्ममा बाँदर, कुकुर र घोडाको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV