अनाथ बालबालिकालाई स्टेशनरीका सामाग्री दिदैं सरिताले भनिन्, ‘यो मिडिया प्रचार होइन’
सानो पर्दाकी चर्चित अभिनेत्री सरिता लामिछानेले सहयोगी हात फैलाएकी छिन् । आफ्नी छोरीको आठौं जन्म वर्षको अवसर पारेर सरिताले जोरपाटीस्थित बेसीगाउँ, ढल्कुधारामा रहेको नेपाल महिला तथा बाल सेवा समाजमा रहेका बालबालिकालाई स्कूल ब्याग र स्टेशनरीका सामाग्री वितरण गरेकी हुन् ।
शनिबार सरिता छोरी समृद्धि, पती ऋषि लामिछाने र अमेरिकामा अध्ययन गर्ने छुट्टिमा नेपाल फर्किएका भाई विकासलाई लिएर उक्त समाज केन्द्रमा पुगेकी थिइन् । त्यहाँ रहेका २७ जना बालबालिकालाई उनले स्कूल ब्याग, सिसाकलम, जमेन्ट्री बक्स र कापी हस्तान्तरण गरिन् ।
यस प्रकारको सामाजिक समाज बारे सरिताले भनिन्, ‘हामी सागरमा थोपा मात्रै बनेर आएका हौं । हाम्रो सानो सहयोगले अरुलाई पनि प्रेरणा मिलोस् भन्ने हाम्रो चाहाना हो’ छिट्टै फिल्म निर्देशनमा समेत उत्रिने तयारी गरिरहेकी समाजसेवी सरिताले थपिन्, ‘यो मिडिया प्रचार भने होइन । हाम्रो सानो सहयोगले अरुलाई पनि सहयोग गर्ने प्रेरणा मिलोस् भन्ने चाहाना मात्रै हो ।’
सन् २००० देखि सञ्चालनमा आएको नेपाल महिला तथा बाल सेवा समाजको संरक्षणमा तीन देखि बाइस वर्षसम्मका अनाथ बालबालिका रहि आएका छन् । उनीहरु सबै अध्ययन गर्छन् । उक्त केन्द्रलाई ७ जना महिलाले सञ्चालनमा ल्याएका हुन् ।
उक्त केन्द्रमा सरिताकी एक्ली छोरी समृद्धिको जन्मदिनको केक पनि काटिएको थियो । समृद्धिको दुई महिना अगाडी जन्मदिन परेपनि सामाजिक सेवाको अवसरमा केक काटिएको हो ।
For More videos Log on to Mazzako TV