विश्वका सबैभन्दा कान्छा निर्देशक सौगात विष्टले निर्देशन गर्ने दोश्रो फिल्म ‘हैरान’ मा मुख्य बाल कलाकार (बालिका) प्रतिस्पर्धा मार्फत छानिने भएको छ । सौगातले निर्देशन गरेको पहिलो फिल्म ‘लभ यू बाबा’ मा मुख्य भूमिकामा अभिनय गरेकी संगम विष्टको उमेर बढेपछि ‘हैरान’ नयाँ प्रतिभाको खोजी गरिएको हो ।

saugat-bista

सौगातका पिता अर्थात नायक गजित विष्टले आठदेखि एघार वर्षकी बालिका ‘हैरान’ को लागि उचित हुने जानकारी दिंदै देशभरबाट त्यसको लागि अडिसन समेत लिइने बताए । अडिसनबाट छानिने उत्कृष्ट बालिकालाई एकाउन्न हजार रुपैयाँ प्रोत्साहन पुरस्कार समेत दिइने गजितले बताए । बालिका बाहेक फिल्ममा गजित स्वयम्, निश्मा घिमिरे, पुस्कर रेग्मी, सलोन बस्नेत, शिशिर भण्डारी, गायक सत्यराज आचार्य, निर्मल शर्मा, नारायण घिमिरे, ओसिन रजा र आँचल शर्मा पक्का भएका छन् ।

gajit-bista

गम्भिर विष्टको लेखन तथा कोरियोग्राफी रहने फिल्मलाई दिव्यराज सुवेदीले खिच्नेछन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको रहनेछ । फिल्मको छायाँकन भदौ महिनादेखि सुरु हुनेछ । ‘हैरान’ मा मोहनकृष्ण श्रेष्ठ, डा.वाइ लामा र सम्झना विष्टको संयुक्त लगानी रहेनछ ।

salon-basnet-gamvir-bista

यस्तै फिल्म प्रचारलाई सहयोग पुग्ने हिसाबले ‘हैरान’ ले थप दुई प्रतिस्पर्धा पनि राखेको छ । चार देखि दश कक्षासम्मका विद्यार्थीहरुबिच चित्रकला प्रतियोगीता र वादविवाद प्रतियोगीता गराइने गजितले बताए । दुवै प्रतियोगीताका विजयीले एकाउन्न हजार रुपैयाँ नगद पुरस्कार पाउँनेछन् भने चित्रकला प्रतियोगीतका प्रथमले बनाएको चित्रलाई ‘हैरान’ को टाइटलमा पनि प्रयोग गरिनेछ ।

hairan-team

७ वर्षमा फिल्म ‘लभ यू बाबा’ निर्देशन गरेर गिनिज बुक अफ् दि वल्र्ड रेकर्डसमा नाम लेखाएका सौगातले कार्यक्रममा भने, ‘राम्रो फिल्म बनाउने विश्वास दिलाउन चाहान्छु ।’

For More videos Log on to Mazzako TV