पढ्नुस् गौरी मल्लले अनुज शाक्यलाई लगाएको यौन हिंसा आरोपको नालीबेली
जापानी कम्पनीहरुलाई नेपाली कामदार पठाउने काम गर्दै आएका अनुज शाक्यले गौरी मल्ललाई त्यहाँको इको स्प्रे कम्पनीले उत्पादन गरेको एयर फिल्टरको विज्ञापनमा मोडलिङ गरिदिन अनुरोध गरेका थिए । सिंहदरबार हेरेपछि आफु गौरीको ‘सुपर फ्यान’ भएको भन्दै अनुजले जापानमा मोडलिङको अवसर प्रदान गर्न रहर पुलको काम गर्ने रहर भएको बताएका थिए । जापान बस्ने नेपालीले आफ्नो प्रशंसा सहित मोडलिङको अवसर प्रदान गर्ने ईच्छा व्यक्त गरेको देखेर गौरीलाई खुुुसी नलाग्ने कुरै थिएन । तैपनि सुरुमा उनले अनुजको विश्वास गरेकी थिइनन् । तर दुई लाख रुपैयाँ सहित प्लेन टिकट समेत पठाइ दिइ सकेपछि भने गौरीलाई विश्वास गर्न कर लाग्यो । लामो समय जापान बसेका कारण त्यहाँका गौरीका केही व्यक्तिगत काम पनि थिए ।
बुुझिए अनुसार गौरीले जापान जानुअघि अनुजसँग दुई वटा सर्त राखेकी थिइन् । पहिलो सर्त थियो, ‘म जापानमा पहिले पनि लामो समय बसेका कारण त्यहाँ मेरो धेरै चिनजान छ । काम नसकुञ्जेल म जापान आएको कुरा कसैलाई थाहा नहोस् । म जापान आएको थाहा पाएपछि चिनजानका धेरै मान्छेसँग भेटघाट गर्नु पर्छ । जसले गर्दा राम्रोसँग गर्न सकिंदैछ ।’ उनको दोश्रो सर्त थियो, ‘म शाहाकारी भएका कारण त्यस अनुरुपको खानपान एंव ध्यान योग गर्ने वातावरण मिलाइदिनु पर्छ ।’ सुरुमा अनुजले एकदमै सर्त पूर्ण रुपमा पालना गर्ने वचन दिएका थिए । त्यसका लागि अनुजले आफ्नै घरको एउटा कोठामा गौरीको बस्ने खाने व्यवस्था गरे । तर गौरी जापानमा आएकै दिन अनुजले आफ्नो घरमा गौरीको खानपानको तस्बिर फेसबुकमा पोस्ट गरिदिए । पहिलो दिन नै पहिलो सर्तको उल्लंघन भएपछि गौरी र अनुजबिच भनाभन भयो । यही कुराले सुरु गरेका तनाव तब चरममा पुग्यो जब जापानमा अनुजलाई चिन्नेहरुले गौरीको कान भर्न थाले भने गौरीलाई चिन्नेहरुले अनुजको कान भर्न थाले । अनुजले साप्ताहिकसँग भने, ‘हामीले आफ्ना कुरालाई भन्दा अरुको कुरालाई महत्व दियौं । फेसबुकमा तस्बिर पोस्ट गरेर मैंले एउटा गल्ती गरेको थिएँ । गौरीका बारेमा मैंले चिन्दै नचिनेका जापानी तथा नेपालीले नकारात्मक कुरा गरेपछि म थप गल्ती गर्न पुगें ।’ शुद्ध शाहाकारी खान र त्यही अनुरुपको वातावरण मिलाउने सर्तमा गौरीलाई बोलाएका अनुजले गौरीका बारेमा नकारात्मक कुरा सुनेपछि घरमा मामशाहारी खानेकुरा मात्र ल्याउन थाले । ‘जापानमा शाहाकारी खाना पाइदैन् । बजारमा जे पाइन्छ त्यही ल्याउने हो नि तर उहाँ खाना नखाइ उठ्न थाल्नु भयो । घरमा झगडा हुँदैन्थ्यो तर काममा जाँदा भने उहाँले पनि मुख छाड्नु थाल्नु भयो । म पनि कन्ट्रोलमा भइँन ।’ साप्ताहिकसँगको कुराकानीमा अनुजले घटनामा बढेको तिक्तत्ताका सम्बन्धमा बताए ।
जसो तसो एउटा विज्ञापनको काम सकिएपछि गौरीले १० दिनपछि अनुजको घर छाडिन् । उनलाई जापानी प्रधानमन्त्रीसँग भेटाइदिने र अर्को एउटा महत्वपूर्ण कम्पनीका सिइओसँग मिटिङ गराउने योजना थियो । तर गौरीले ती दुवै अवसरको मोह त्याग्दै अनुजको घर छाडिदिइन् । बुझिए अनुसार अनुजको घरमा एक्लै बस्दा गौरीले आफुलाई असुरक्षित महसुश गर्न थालेकी थिइन् । ‘उहाँ मेरो घरबाट म्यामेरा लिएर हिड्नु भयो । खोजी गर्दै जाँदा उहाँ आफ्नो श्रीमानको घर जानु भएको रहेछ । अनुजका अनुसार गौरी मल्ले जापानमा रहंदा जापानमा स्थायी बसोसबासका लागि एक जना जापानी नागरिकसँग बिबाह गरेकी थिइन् । सुरुमा जापानी श्रीमानसँग भेट्न नचाहेकी गौरीले आफुलाई नेपाली बाटै असुरक्षित महसुश गरेपछि चिनजानका जापानी व्यक्तिसँग भेटेकी थिइन् । ‘त्यसपछि आफ्नो जापानी श्रीमान लिएर आएपछि मात्र मसँग गौरी जीले भेट गर्नु भयो । जापानी प्रधानमन्त्रीसँगको भेट र अन्य काम क्यान्सिल भयो । नेपाल मलाई कसरी हेर्छन् मलाई थाहा छैन । तर जापानमा मेरो आफ्नो खालको मित्रता एंव सम्पर्क छ । गौरी जीले त्यो सबै ध्वस्त बनाइदिनु भयो । यही आक्रोशमा मैंले केही अपशब्ल बोलें । जसलाई गौरी जीले यौन हिंसाको रुपमा लिनु भयो । जबकी उहाँलाई पहिलो पल्ट स्वागत गर्दा र अर्को पल्ट खुसीले प्रेमपुर्व अंगालो मात्र मारेको छु । कुनै गलत काम गरेको छैन’ अनुज भन्छन् ।
जापानी पती भनिएका एक वृद्ध व्यत्तिलाई लिएर गौरी अनुज कहाँ पुगेपछि भने उनीहरुबिच सुलह भयो, अनुजले फेसबुक पेजमा गौरी बिरुद्ध विष बमन गर्न नछाडेपछि भने गौरी यौन हिंसाको मुद्धा हाल्न बाध्य भएको बताइन्छ । मुद्धाका विषयमा जापानी दूतावासले अनुजसँग सोधपुछ गरेर माफी मगाएपछि भने यो प्रकरण विस्तारै सेलाउन थालेको छ । साभार : साप्ताहिक
For More videos Log on to Mazzako TV