विश्वका सबैभन्दा कान्छा निर्देशक सौगातको दोश्रो फिल्म ‘हैरान’
विश्वका सबैभन्दा कान्छा नेपाली फिल्म निर्देशक सौगात विष्टले दोश्रो फिल्म निर्देशन गर्ने भएका छन् । ७ वर्षको उमेरमा ‘लभ यू बाबा’ निर्देशन गरेका सौगातले ‘हैरान’ नामक फिल्म निर्देशन गर्ने भएका हुन् ।
सौगातले निर्देशन गर्ने दोश्रो फिल्म ‘हैरान’ को यसै साता औपचारिक रुपमा निर्माणको घोषणा गरिंदैछ । सौगातले निर्देशन गर्ने दोश्रो फिल्मको निर्माण होम प्रोडक्सन र बाहिरी ब्यानरको मिलेमतोमा हुनेछ । नायक पिता गजित विष्ट, कोरियोग्राफर अंकल गम्भिर विष्ट र कलाकार दिदी संगम विष्ट सौगातले निर्देशन गर्ने दोश्रो फिल्ममा सम्मिलित हुन सक्छन् ।
सौगाते निर्देशन गरेको पहिलो फिल्म ‘लभ यू बाबा’ मा पनि गजित, गम्भिर र संगम साथमा थिए । संगमले उक्त फिल्मबाट राष्ट्रिय पुरस्कार समेत पाएकी थिइन् ।
For More videos Log on to Mazzako TV