भदौ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ब्रासलेट’ को नयाँ गीति भिडियो रिलिज भएको छ । ‘खोइ माया गरेको’ बोलको गीतमा अभिनेता रमेश उप्रेती र नायिका रजनी केसी फिचरिङ छन् । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा राजेश पायल राई र प्रविशा अधिकारीले स्वर दिएका छन् । शब्द मदन घिमिरेले कोरेका हुन् । भिडियो हेर्नुस् :

निर्मल शर्मा उर्फ गैंडाले निर्देशन गरेको ‘ब्रासलेट’ नारी संवेदनाको विषयमा बनेको फिल्म हो । पुराना निर्माता केशव भट्टराईले निर्माण गरेको फिल्ममा रमेश र रजनी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । उनीहरुसँगै नायिका नम्रता सापकोटा र अन्य नयाँ कलाकारहरुको अभिनय छ ।

ramesh-rajni
सुदिप बरालको छायाँकन रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध र गोविन्द राईको नृत्य निर्देशन रहेको छ । ‘ब्रासलेट’ लाई नारीहरुको महान् पर्व तीजको अवसर पारेर प्रदर्शनमा ल्याइन लागेको हो ।

For More videos Log on to Mazzako TV