हरिवंशको छोराको बिबाहमा किन गएनन् मदनकृष्ण ?
वरिष्ठ कलाकार हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्यको अमेरिकी युवतीसँग भएको छ । यसै साता अमेरिकामै भएको त्रिलोकको बिबाह हिन्दू परम्परा अनुसार भएको हो । जेठो सन्तानको बिबाहमा हरिवंश सहित श्रीमती रमिला, छोरा मोहित सहभागी थिए ।
स-आचार्य परिवार सहभागी भएको बिबाह समारोहमा मह जोडीका ‘म’ अर्थात् मदनकृष्ण श्रेष्ठ भने सहभागी भएनन् । हरिवंश र कान्छा छोरा मोहितले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा मदनकृष्ण छैनन् । लामो समयदेखि मह जोडीको रुपमा सहकार्य गर्दै आइरहेका मदनकृष्ण किन हरिवंशको छोराको विवाहमा किन सहभागी भएनन् त ?
सम्भवतः देश बाहिर भएकाले मदनकृष्ण उक्त समारोहमा सहभागी नभएको हुन सक्छ । या आन्तरिक कारण अर्कै थियो, त्यो बुझ्नमा आएको छैन ।