साउन १५ मा सर्यो निर्देशक समाजको साधारण सभा
नेपाल चलचित्र निर्देशक समाजको ११ औं वार्षिक साधारण सभा आउँदो साउन महिनाको पन्ध्र गते हुने भएको छ । सोमबार अध्यक्ष दिनेश डिसीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले यो निर्णय गरेको हो ।
साउन १५ गते बिहान ११ बजे समाजको कार्यालय चारखालमा हुने साधारण सभामा वार्षिक आय व्यय विवरण पेश र लेखा परीक्षकको नियुक्ति गर्दै नयाँ कार्य समितिको चयन गरिनेछ । यसका लागि साउन १० गतेसम्म निर्देशक सदस्यहरुले आफ्नो कार्ड नवीकरण गरिसक्नु पर्नेछ । गएको शनिबार हुने भनिएको समाजको साधारण सभा सम्पन्न ‘फान अवार्ड ०७२’ का कारण सर्न रोकिको थियो ।
For More videos Log on to Mazzako TV