ऋण लिएर फिल्म बनाएका निर्देशकको आग्रह, ‘गाँजाबाजा बनाउँन देऊ’
चलचित्र विकास बोर्डले फिल्म ‘गाँजाबाजा’ को नाममा आपत्ती जनाएपछि निर्माण पक्ष अदालतको शरणमा पुगेको छ । ‘गाँजाबाजा’ का निर्देशक गणेशदेव पाण्डेले वोर्डलाई सोही नाममा फिल्म बनाउन दिन आग्रह गरेका छन् । आइतबार एक अन्र्तक्रिया गर्दै निर्देशक पाण्डेले वोर्ड समक्ष यो आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै निर्देशक पाण्डेले समाजलाई विकृति फैलाउने फिल्म नबनाएको दाबी गरे । उनले प्रश्न गरे, ‘ऋण लिएर फिल्म बनाएको छु । भोली अदालतले आफूहरुको पक्षमा फैसला गर्यो भने क्षतीपूर्ती कसले दिन्छ ? प्लिज मलाई फिल्म बनाउन दिनुहोस् ।’
‘गाँजाबाँजा’ को तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता स्वागत नेपालले पञ्चायतकालिन नियमले नै अहिलेको फिल्म क्षेत्र चलिरहेको बताए । उनले फिल्म क्षेत्रमा लोकतन्त्र नआएको बताए । उनले यो शब्दलाई मात्र हेरेर फिल्म निर्माण रोक्न नमिल्ने बताए ।
यस्तै निर्देशक निश्चल बस्नेतले नाममा आपत्ती जनाएर फिल्म रोक्न नहुने बताए । उनले समाजमा जस्तो कुरा देखिन्छ त्यस्तै कुरामा फिल्म बनाउने गरेको धारणा राखे । नामले मात्र गलत अर्थ नजाने उनको भनाई छ ।
यो विवाद अहिले अदालतसम्म पुगेको छ ।
‘गाँजाबाँजा’ निर्माण पक्षले आइतबार राखेको स्वतन्त्र अन्र्तक्रिया कार्यक्रममा अनेरास्ववियूकी अध्यक्ष नविना लामा, निर्माता प्रदिप कुमार उदय, संचारकर्मी प्रभात रिमाल, निर्देशक मनोज पण्डित लगायतले आफ्नो विचार राखेका थिए । छायांकन समाप्त भैसकेको छ यो विवादित फिल्मको मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ ।
For More videos Log on to Mazzako TV