पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘गाँठो’ ले प्रदर्शन अगावै आफ्नो लगानी सुरक्षित गरेको छ । सुरज भूषाल निर्देशित फिल्मलाई कमेरो इभेन्टले अष्ट्रेलियाका लागी १५ लाखमा किनेको हो । कमेरो इभेन्टका राजिव भुषालले ‘गाँठो’ लाई उक्त रकममा खरिद गरेको बताए छन् । अष्ट्रेलियाबाट फिल्मको अगष्ट २७ तारिकख देखि विश्व प्रिमियर सुरु हुनेछ ।

gatho-team

यस्तै ३५ लाखमा हाईलाईटस् नेपाललाई ‘गाँठो’ को डिजिटल राईट्स किनेको छ । उपत्यका भित्र वितरणको जिम्मा लिएका गोबिन्द शाहीबाट १० लाख अग्रिम लिईसकेको भने उपत्यका बाहिर बितरक एफ.डी कम्पनीले कम्तीमा २० लाख पक्का गरिसकेको छ । साथै अमेरिका र युकेका लागी ओभरसिज राईट्सको प्रक्रिया भैरहेको निर्देशक भुषालको दाबी छ । यसअघि ‘मौन’ र ‘होस्टेल रिटन्र्स’ निर्देशन गरेको सुरजको दाबी छ, ‘प्रदर्शन पुर्व नै ‘गाँठो’ ले लगानी उठाएको छ ।’

भाद्र ३१ गते देखि नेपाल प्रदर्शनमा आउने फिल्म ‘गाँठो’ मा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ । एकाध फिल्महरुले मात्रै नेपाल प्रदर्शनबाट आफ्नो लगानी सुरक्षित गरिरहेका छन् । आफ्नो लगानी सुरक्षित गर्न नेपाली फिल्मले विदेशी बजारको मुख ताक्नु परेको ताजा अवस्था छ ।

For More videos Log on to Mazzako TV