रातो सारी । त्यसमाथि छड्के तिलहरी । निधारमा रातो टिका । हातमा रातै चुरा । लामो कपालमा रातो धागो । अनि त्यसमा भुतुक्कै पार्ने हाँसो ।

rajesh-hamal-amrit-marattha

सकुन्तला दिदी अर्थात महानायक राजेश हमाल आइतबार इमाडोलमा रहेको एक व्याङक्वैटमा यही पहिरणमा सजिएका थिए । ‘सारी लगाउनु चाहिं सजाँय नै रहेछ’ राजेश भन्दै थिए, ‘अझ सारी लगाएर नाच्न त झनै गाह्रो रैछ ।’

rajesh-hamal-in-sakuntala1

करिब तीन घण्टाको श्रृङ्गारपछि राजेश नारी भेषमा सजिएर सेटमा पुगेका थिए । उनलाई भारी भएको नारी भेषलाई कोरस डान्सरहरुलाई भने औधी मन परेछ । रातै सारीमा सजिएका कोरस डान्सर भन्दै थिए, ‘आहा कति राम्री सकुन्तला दिदी !’ राजेशसँगै कम्मर मर्काएकी स्मृति श्रेष्ठ त महानायकको त्यो रुप देखेर एकछिन त हेरेको हेरै परिन् । ‘उहाँ साँच्चै राम्री देखिनु भएको छ’ स्मृतिले भनिन् ।

rajesh-hamal-in-sakuntala2

यता नृत्य निर्देशक शंकर विसीलाई पनि राजेशको नारी अवतार साह्रै मन परेछ । ‘मलाई कुनै नायिकालाई नचाई रहेको जस्तो लागिरहेको छ’ शंकरले छोटकरीमा भने, ‘राजेश दाईको यो भिडियो सुपरहिट हुनेमा म ढुक्क छु ।’

rajesh-kisor

एक नारायण भण्डारीको शब्द तथा संगीतमा तयार भएको तीज गीतमा राजेशलाई नारी भेषमा नचाइएको हो । स्वर जीवन परियार र केशु गुरुङले दिएका छन् । फिल्ममा पनि महानायक नारी भेषमै प्रस्तुत भएका छन् । तीजलाई लक्षित गर्दै महानायकलाई नारी भेषमा नचाइएको हो ।

rajesh-hamal-dinesh-shrestha

फिल्म करिअरको दुई दशक पछि किन उतारियो त राजेशलाई नारी भेषमा ? निर्देशक दिनेश श्रेष्ठ प्रष्ट्याउँछन्, ‘केही नयाँ गरौं भनेर यस्तो गरेको हो ।’ भदौ ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने राजेशको यो नारी अवतार फिल्मलाई दर्शकले रुचाउने निर्देशक श्रेष्ठको विश्वास छ ।

rajesh-shankar

महानायकको नारी भेषका कारण चर्चामा रहेको फिल्म ‘सकुन्तला’ मा नायक उनीसँगै नायक किशोर खतिवडा र नायिका अनु शाहले पनि अभिनय गरेका छन् । सम्पूर्ण छायाँकन सकिएको ‘सकुन्तला’ को यतिबेला अन्तिम सम्पादनको कार्य भैरहेको छ । शब्द : उत्सब रसाईली,  तस्बिर : कमल प्रसाईं

rajesh-hamal-in-sakuntala

smiriti-shrestha

For More videos Log on to Mazzako TV