लामो समयपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल आमने सामने भएका छन् । त्यो पनि चानचुने कार्यक्रममा होइन, अवार्ड समारोहमा । हालै सम्पन्न ‘फान अवार्ड ०७२’ मा रेखा र आर्यन आमने सामने मात्रै भएनन्, आपसमा नबोल्ने यी दुई एक अर्काको अंगालोमा समेत बाँधिए ।

rekha-aryan1

शनिबार आर्मी अफिसर्स क्लबमा आयोजित अवार्डमा उत्कृष्ट अभिनेताको नाम घोषणा गर्न रेखा स्टेज उक्लिएकी थिइन् । फिल्म ‘क्लासिक’ बाट उत्कृष्ट पाँचको मनोनयनमा परेका आर्यन परेका थिए । लगभग आर्यनले अवार्ड पाउने पक्का थियो । रेखाले माइक समात्दै उत्कृष्ट अभिनेताको नाम घोषणा गर्नुपुर्व नै दर्शकदिर्घाबाट हुटिङ आएको थियो । रेखा पनि के कम ? कार्डको नाम हेरिन् र उत्कृष्ट अभिनेताको प्रशंसा गर्न थालिन् ।

rekha-aryan-shiva

स्टेजबाट रेखाले भनिन्, ‘राम्रो अभिनय गर्ने । मेरो पनि बेस्ट हिरो । अझ भनौं रेखा फिल्मस्को सन्तान, आर्यन सिग्देल ।’ रेखाले यति भनेपछि दर्शकदिर्घामा तालीको पर्रा छुट्यो । आर्यन मुसुमुसु हाँस्दै स्टेज उक्लिए । आर्यनलाई अंगालोमा बाँध्दै रेखाले बधाई दिइन् । स्टेजमा देखिएको रेखा र आर्यनको यो दृश्य हेर्न लायकको थियो ।

रेखा फिल्मस्बाट बनेको फिल्म ‘किस्मत’ बाट रजतपटमा नायकको रुपमा डेव्यु गरेका आर्यनले रेखासँग डेव्यु सहित ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ मा स्क्रिन सेयर गरेका छन् । दर्शकले औधी रुचाएको यो जोडी व्यक्तिगत कारणले केही वर्षदेखि नबोल्दै आइरहेका छन् ।

For More videos Log on to Mazzako TV