यस्तो देखिए दौरा, सुरुवाल र ढाका टोपीमा अनमोल
युवा स्टार अनमोल केसी शनिबार सम्पन्न ‘फान अवार्ड ०७२’ मा फरक ‘लुक्स’ मा सहभागी भए । आकाशे रंगको दौरा सुरुवाल, कोट र ढाका टोपीमा सजिएका अनमोल सबैको नजरमा परे । हजुरबुवासँग आएका अनमोललाई ‘स्टार अफ् दि ईयर’ बाट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरे ।
छोटो समयमै अनमोलले पाएको लोकप्रियताको प्रधानमन्त्री ओलीले प्रशंसा समेत गरे । फिल्म ‘ड्रिम्स’ बाट आफ्ना पिता भुवन केसीले पाएको नव निर्देशकको अवार्ड लिन पनि अनमोल स्टेज उक्लिएका थिए । ‘फान अवार्ड ०७२’ मा सहभागी हुँदा कमल प्रसाईंले क्लिक गरेका अनमोलका पाँच तस्बिरहरु हेर्नुस् :
For More videos Log on to Mazzako TV