एउटै स्टेजमा राजेश, रेखा र अनमोललाई सम्मान
सम्भवतः यो नेपाली फिल्म क्षेत्रमा पहिलो पल हुन सक्दछ । महानायक राजेश हमाल, हिम्मतवाली अभिनेत्री रेखा थापा र युवा स्टार अनमोल केसी एउटै स्टेजमा एकै पटक सम्मानित भएका छन् । दर्शकमाझ सर्वाधिक लोकप्रिय राजेश र रेखा लाई ‘फान अवार्ड ०७२’ ले ‘स्टार अफ दि डिकेड’ र अनमोललाई ‘स्टार अफ दि इयर’ उपाधिबाट सम्मान गरेको हो ।
शनिबार सुन्धरास्थित आर्मी अफिसर्स क्लबमा आयोजिना गरिएको पहिलो फान ०७२ अवार्डमा राजेश, रेखा र अनमोललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् । आ आफ्नो समयका सफल र लोकप्रिय कलाकारलाई एकैसाथ सम्मान गर्दा अवार्ड समारोहमा छुट्टै रौनकता छाएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्य दिने क्रममा तीनै जना सम्मानित कलाकारहरुलाई बधाई दिए ।