dipendra-k-khanal

नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको पहिलो ‘फान अवार्ड ०७२’ मा फिल्म ‘पशुपति प्रसाद’ उत्कृष्ठ ठहरिएको छ । यसै फिल्मबाट निर्देशक दिपेन्द्र के.खनाल उत्कृष्ठ निर्देशक घोषित भए ।

aryan-namrata

अभिनेतातर्फ नायक आर्यन सिग्देल फिल्म ‘क्लासिक’ बाट उत्कृष्ठ भए भने ‘क्लासिक’ बाटै नायिका नम्रता श्रेष्ठ उत्कृष्ठ भइन् । वरिष्ठ गायक तथा निर्देशक हरि प्रसाद रिमाललाई दिर्घ साधना सम्मानबाट सम्मानित गरियो ।

hair-prasad-rimal

अक्सिजन सिलिण्डरमै स्टेज चढेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले एक लाख एकाउन्न हजार र सम्मान पत्रबाट सम्मान गरे ।
फान अवार्ड ०७२’ का विजेताहरु यस प्रकार छन् :
१.फिल्म : पशुपति प्रसाद
२.निर्देशक : दिपेन्द्र के.खनाल ‘पशुपति प्रसाद’
३.अभिनेता : आर्यन सिग्देल ‘क्लासिक’
४.अभिनेत्री : नम्रता श्रेष्ठ ‘क्लासिक’
५.हाँस्य कलाकार : विल्सन विक्रम राई ‘अधकट्टी’
६.खलपात्र : ‘विपिन कार्की ‘पशुपती प्रसाद’
७.सह अभिनेता : जितु नेपाल ‘वडा नं ६’
८.सह अभिनेत्री : रोमी घिमिरे ‘क्लासिक’
९.नव नायक : पल शाह ‘नाईं नभन्नू ल ४’
१०.नव नायिका : साम्राज्ञी राज्य लक्ष्मी शाह ‘ड्रिम्स’
११.चरित्र अभिनेता : रमेश बुढाथोकी ‘भाग् सानी भाग्’
१२.चरित्र अभिनेत्री : लक्ष्मी गिरी ‘प्रेम गीत’
१३.नव निर्देशक : भुवन केसी ‘ड्रिम्स’
१४.छायाँकार : पुरुषोत्तम प्रधान र संजय लामा ‘ड्रिम्स’
१५.द्धन्द्ध निर्देशक : हिमाल केसी ‘भैरव’
१६.सम्पादक : सुरेन्द्र पौडेल ‘क्लासिक’
१७.संगीतकार : राजनराज सिवाकोटी ‘वडा नं ६’
१८.गायक : युवराज चौंलागाईं ‘क्लासिक’
१९.गायिका : अञ्जु पन्त ‘प्रेम गीत’
२०.गीतकार : डा.कृष्णहरी बराल ‘प्रेम गीत’
२१.नृत्य निर्देशक : शंकर विसी ‘सुर्के थैली’
२२.कथा : दिपेन्द्र के.खनाल ‘पशुपती प्रसाद’
२३.पटकथा : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा
२४.संवाद : दिपकराज गिरी ‘वडा नं ६’
२५.जुरी अवार्ड : सौगात मल्ल ‘फन्को’

dipendra-k-khanal

For More videos Log on to Mazzako TV