१० वर्ष लागे अनुभव : झरनाले दिइन् ‘ए मेरो हजुर २’ उपहार
अभिनेत्री झरना थापाले निर्देशन गर्ने पहिलो फिल्म ‘ए मेरो हजुर २’ मा चर्चित बाल कलाकार अनुभव रेग्मी अनुबन्धित भएका छन् । नवौं जन्मदिनमा अनुभवले ‘ए मेरो हजुर २’ उपहार पाएका हुन् । अनुभवलाई अग्रिम पारिश्रमीक रकम दिदैं झरना र निर्माता सुनिल कुमार थापाले फिल्म खेल्ने सहमती पत्रमा हस्ताक्षर गराए ।
आफ्नो पहिलो निर्देशकिय फिल्ममा अनुभवको भूमिका हिरो सरह रहेको झरनाले दाबी गरिन् । एसके थापा प्रोडकक्सनमा बन्ने फिल्म ‘ए मेरो हजुर २’ मा अनुभवसँगै नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह, कलाकारहरु नाजिर हुसेन, बुद्धि तामाङ र अनुरागमान सिंह कुँवर अनुबन्धित भैसकेका छन् । साउन २० गते बाट छायाँकन फिल्मलाई पोखरा, मनाङ र काठमाण्डौं खिचिनेछ ।
९ महिनाको उमेरमै फिल्म ‘तोड’ बाट अभिनय यात्रा प्रारम्भ गरेका अनुभवले विकास आचार्यको ‘रिदम’ र ‘नाईं नभन्नू ल’ का तीन श्रृङ्खलामा अभिनय गरेका छन् । रेखा थापाको ‘काली’ फिल्ममा समेत अभिनय गरेका अनुभव रेग्मी अहिलेका चर्चित बाल कलाकार हुन् । कक्षा चारमा पढ्ने उनले थुप्रै सम्मान तथा पुरस्कार पाएका छन् ।
यी चर्चित बाल कलाकारको जन्मदिनमा आमा कविता रेग्मी र बुवा अरुण रेग्मी सहित निर्देशकहरु विकास आचार्य, सविर श्रेष्ठ, मुस्कान ढकाल, मोडल तथा नायक पल शाह, नायिका वर्षा राउत, सिनेम्याटोग्रफर पुरुषोत्तम प्रधान लगायत उपस्थित थिए । अनुभवको जन्मदिन नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजना गरिएको थियो ।
For More videos Log on to Mazzako TV