महजोडी, राजेश र करिश्मा सहित २७ फिल्मकर्मीलाई परिचय पत्र
मह जोडी, राजेश हमाल र करिश्मा मानन्धर गरी २७ जना कलाकर्मीलाई सेलिव्रेटी कार्ड बाँडिएको छ । चलचित्र विकास वोर्डको १६ औं वार्षिक उत्सवमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईको हातबाट २७ जना फिल्मकर्मीलाई चलचित्रकर्मी पचिय पत्र वितरण गरिएको हो ।
दोश्रो चरणको परिचय पत्र पाउने चलचित्रकर्मीहरुमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, बसन्त श्रेष्ठ, हरिहर शर्मा, शम्भूजीत बाँस्कोटा, मिथिला शर्मा, रबिन्द्र खड्का, प्रदीप उपाध्याय, शिव श्रेष्ठ, राम चन्द्र अधिकारी, सुभाष गजुरेल, लय संग्रौला, टीका पहारी, मोहन निरौला, शर्मिला मल्ल, मदनदास श्रेष्ठ, कृष्ण मल्ल, रमेश बुढाथोकी, रुपा राना, करिश्मा मानन्धर, लक्ष्मी गिरी, छविराज ओझा, राजेश हमाल, गणेश उप्रेती, राजेन्द्र खड्गी, युवराज लामा र अशोक शर्मा छन् । केही समय पहिला १३ जना फिल्मकर्मीलाई पहिलो चरणको परिचय पत्र वितरण गरिएको थियो ।
बिहिबार चावाहिलको विकास वोर्ड कार्यालयमा आयोजना गरिएको वोर्डको १६ औं वार्षिक उत्सवमा फिल्म ‘कालो पोथी’ र ‘डाइङ क्यान्डल’ लाई विशेष सम्मान पनि गरियो । यस्तै राष्ट्रिय गानका भिडियो निर्देशक जनकदिप पराजुली र विकास वोर्डको कार्यलाई विशेष सहयोग पुर्याए वापत डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मान अनि त्यहाँका तीन कर्मचारीलाई वर्षको उत्कृष्ट कर्मचारीको पुरस्कृत पनि गरियो ।