राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घ साधना सम्मान २०७२ बिहिबार राष्ट्रपति भवन लाजिम्पाटमा सम्पन्न भएको छ । राष्ट्रपती विद्यादेवी भण्डारी र सूचना तथा सञ्चारमन्त्री शेरधन राई विशेष अतिथि रहेको कार्यक्रममा वरिष्ठ हाँस्य व्याङ्ग्य कलाकार बसुन्धरा भूषाललाई तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ रकम बराबारको चेक रकम हस्तान्तरण गरि दीर्घ साधना सम्मानबाट सम्मानित गरियो ।

nationla-award-072-edited1

राष्ट्रिय पुरस्कार ग्रहण गर्न निर्देशक दिपेन्द्र के.खनाल, अभिनेता दयाहाङ राई, अभिनेत्री नम्रता श्रेष्ठ, टुकी आर्टस्बाट रोजी सिटौला, छायाँकार पुरुषोत्तम प्रधान र संजय लामा लगायत शितल निवास पुगेका थिए । यस्तै फिल्म ‘पशुपती प्रसाद’ बाट लेखन विधामा पुरस्कार पाएका खगेन्द्र लामिछानेको पुरस्कार उनकी धर्मपत्नी रोजी सिटौलाले ग्रहण गरेकी थिइन् भने फिल्म ‘ड्रिम्स’ बाट जुरीको तर्फबाट नव निर्देशकको पुरस्कार पाएका भुवन केसीको पुरस्कार उनका पिताले ग्रहण गरेका थिए ।

dinpendra-k-khanal-nationla-award-072

झण्डै दुई घण्टा चलेको पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहमा फिल्मकर्मी र सञ्चारकर्मी गरी करिब दुई सयको हाराहारीमा सहभागीता थियो । कार्यक्रम तोकिएको भन्दा करिब एक घण्टा ढिला सुरु भएको थियो । राष्ट्रपति र सञ्चारमन्त्रीले यस प्रकारको पुरस्कारले कलाकर्मीलाई हौसला प्रदान गर्न बताए भने विकास वोर्ड अध्यक्ष राजकुमार राईले राष्ट्रिय पुरस्कार तथा सम्मानलाई निरञ्तरता दिइने बताए । तस्बिर : कमल प्रसाईं, हेर्नुस् राष्ट्रपति निवासमा सम्पन्न राष्ट्रिय पुरस्कारका मज्जाका तस्बिरहरु :

dayahang-rai-national-award-072

namrata-shrestha-national-award-072

rojina-situla-pashupati-prasad

surendra-poudel-national-072

chabiraj-ojha

jhana-thapa

nationla-award-072-edite21

nationla-award-072-edited

dayahang-rai-namrata-shrestha

nationla-award-072

For More videos Log on to Mazzako TV