हाँस्य व्याङ्ग्य कलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसर पारेर दुई स्रष्टालाई सम्मान गरेका छन् । वरिष्ठ अभिनेत्री बसुन्धरा भूषाल उर्फ नक्कली र सञ्चारकर्मी तथा गायिका कोमल ओलीलाई केसीले असार पन्ध्र गते बुधबार नगद सहित सम्मान गरेका हुन् ।

basundhara-kiran-madankrishna

komal-kiran-madan-krishna-sambhujit

जन्मदिनमा कलाकार केसीलाई थुप्रै कलाकारहरुले उपहार दिए । तर, दिपाश्री निरौला र विल्सन विक्रम राईले भने उनलाई अनौठो प्रकारको उपहार दिए । दिपाले चिकेन उपहार दिंदा किरणलाई विल्सनले चुम्वन उपहार दिए । कलाकार केसीको पछिल्लो थेगो ‘चिकेन चिल्ली’ लाई ध्यानमा राख्दै जन्मदिनमा चिकेन उपहार दिएको दिपाले बताइन् । यस्तै अभिनेत्री गौरी मल्लले राधा कृष्णको तस्बिर ठूलो फ्रेममा राखेर दिइन् ।

deepa-jitu-wilson-dipendra

deepa-kiran-wilson

सम्मान सहित ‘सुशासनका लागि हाँस्य व्याङ्ग्य’ शिर्षकमा अन्र्तक्रिया कार्यक्रम समेत गरिएको कार्यक्रममा थुप्रै अग्रज हाँस्य व्याङ्ग्य कलाकारहरुको सहभागी थियो । मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, शिवहरी पौडेल, दिपकराज गिरीसँगै नायक सुशिल क्षेत्री, नायिका झरना थापा, गायक राजेश पायल राई लगायतको सहभागीता रहेको थियो । किरण केसी उर्फ राता मकैले हरेक जन्मदिनमा विभिन्न स्रष्टालाई सम्मान तथा एउटा विषय माथि अन्र्तक्रिया गर्दै आइरहेका छन् । कार्यक्रमको औपचारिक उद्घाटन तीन पटक हाँसेर गरिएको थियो ।

gauri-malla-kiran-kc

gauri-malla-kiran-kc1

jharna-sushil

rajesh-wilosn

For More videos Log on to Mazzako TV