jyoti-ayushma

तिजको छेको पारेर भदौ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लालजोडी’ को पहिलो गीति भिडियो रिलिज भएको छ । ‘आज त क्या ब्युटि भाकी छौं हो’ बोलको गीतमा टंक बुढाथोकीको संगीत र दिनेश सुवेदीको शब्द रहेको छ । स्वर राजेशपायल राई र मनिषा पोखरेलको दिएका छन् । भिडियो हेर्नुस् :

सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्मको सार्वजनिक गीतको भिडियोमा नक्कली बाबुराम अर्थात् ज्योती काफ्ले, नायिका रजनी केसी र आयुष्मा कार्कीसँगै कलाकारहरु बुद्धि तामाङ, पुरन थापा, किशोर भण्डारी लगायत छन् । दिलाशा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म ‘लालजोडी’ कमेडी फ्लेवरको रहेको निर्देशक तथा निर्माता सुवेदीले बताएका छन् ।

For More videos Log on to Mazzako TV