थ्री प्याक निकाल्ने सुरमा निर्मल शर्मा ‘गैंडा’ (मज्जाको भिडिया सहित)
अन्दाज गर्नुस्, निर्माता, निर्देशक तथा कलाकार निर्मल शर्मा ‘गैंडा’ को तौल कति होला ? एक सय या त्यो भन्दा बढी । तौल जे जति भएपनि शर्मा मोटा व्यक्तिमा गन्ति हुन आउँछन् । मोटो शरीर भएकै कारण हाँस्य व्याङ्ग्य टेलिफिल्म ‘तीतो सत्य’ मा उनलाई ‘गैंडा’ को नाम दिइएको थियो । दर्शकले उनलाई गैंडाकै नामले चिन्दछन् ।
तस्बिरमा बायाँबाट निर्माता भट्टराई, अभिनेता उप्रेती, नायिका केसी र निर्देशक शर्मा ।
दर्शकका यी प्रिय गैंडा केही समयदेखि भने आफ्नो तौल कम गर्ने अभ्यासमा जुटेका छन् । मज्जाको टिभीसँगको गफगाफमा उनले दश केजी तौल कम भैसकेको खुलाए । ‘नापेको छैन तर मेरो दश केजी तौल भने कम भएको छ’ उनले मज्जाको टिभीसँग भने, ‘अझै कम गर्ने अभ्यासमा छु ।’ के रहेछ त शर्माको तौल कम गर्ने तरिका ? उनी सहित अभिनेता रमेश उप्रेती र नायिका रजनी केसीसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :
शर्मा ठट्यौली गर्दै भन्छन्, ‘एक महिनामा गनेर तीन बोतल वियर र चार पाँच प्याक हुस्की हुन्छ होला ।’ आफु शाहरुख खान भन्दा कम उमेरको रहेको बताउँदै शर्माले थपे, ‘शाहरुख खानको जस्तो सिक्स प्याक नआएपनि दुई तीन प्याकसम्म निकाल्ने सुरुमा छु ।’ केशव भट्टराईले निर्माण गरेको फिल्म ‘ब्रासलेट’ शर्माले निर्देशन गरेको पछिल्लो फिल्म हो । जुन फिल्म भदौ १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेता उप्रेती र नायिका केसी मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
For More videos Log on to Mazzako TV