आईतबार असार १२ गते, दिउँसको करिब २ बजेको हुँदो हो । भैंसीपाटीको मुख्य चोकबाट केही ओरालो लागेपछि भेटिने फाँटमा करिब दर्जन जति रोपार केही जोतार आफ्नै काममा मस्त थिए । टन्टलापुर घामले उनीहरुलाई केही असर गरेको थिएन । उनीहरु को थिए कहाँका थिए ? कसैले सोधेनन् । तर दुई जना भने चिनिएका अनुहार थिए । आखिर को थिए त ती चिनिएका अनुहारहरु ?

IMG_8094

केही व्यक्ति नजिकै आएर हाँस्दै भनिरहेका थिए, ‘उ प्रियंका कार्की र दिपकराज गिरी ।’ हो, उनीहरु प्रियंका कार्की र दिपकराज गिरी नै थिए । फिल्म ‘छक्का पञ्जा’ को लागि उनीहरु खेतको हिलोमा पस्न पुगेका थिए । यो के हो त ? निर्देशक दिपाश्री निरौला खेतको डिलमा बसेर प्रियंका र दिपकले दिएको दृश्यबारे वयान गरिन्, ‘गीतको दृश्य हो । खेत रोपेको दृश्य चाहिने छ त्यसैले खिचेको ।’ कोरियोग्रफर कविराज गहतराज भने एक्सन कटमा व्यस्त थिए ।

IMG_8064

‘देखन चम्पा सुन न चम्पा, हाम्रा त तम्रा बाहेक को छ र ?’ बोलको सूदूरपश्चिमेली भाकाको गीतमा प्रियंका र दिपक देखिनेछन् । यसअघि रिलिज भएको ‘पुर्व पश्चिम रेल’ बोलको लोक गीतमा भने फिल्मको सबै कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा देखिएका छन् ।

IMG_7990
भदौ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा’ को छायाँकनरत गीत बाहेक सम्पूर्ण छायाँकन सकिइसकेको छ । आफ्नो पहिलो निर्देशन रहेको फिल्मको कथावस्तु नखुलाइएपनि मौलिक कथामा ‘छक्का पञ्जा’ बनेको दिपाश्रीको भनाई छ ।  मज्जाको अनलाईन डटकमका कमल प्रसाईंले खिचको ‘छक्का पञ्जा’ सुटिङका मज्जाका तस्बिरहरु नियाल्नुस् :

IMG_7966

IMG_7910

IMG_7914

IMG_7941

IMG_7982

IMG_7958

IMG_8129

रिपोर्ट : उत्सब रसाईली

For More videos Log on to Mazzako TV