सुस्मिताको ‘म त तिम्रै हुँ’ दोश्रो गीत रिलिज (भिडियो)
अभिनेत्री सुस्मिता केसीले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ को दोश्रो गीत रिलिज भएको छ । हर्कुलस बस्नेतको संगीत रहेको यस गीतमा अल्मोडा राना र सन्जिमाको स्वर रहेको छ । शब्द संगीतकार बस्नेतकै हो । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा प्रस्तुतकर्ता केसी बाहेक फिल्मका सबै कलाकारहरु छन् । भिडियो हेर्नुस् :
फिल्मका मुख्य दुई पात्रहरु आकाश श्रेष्ठ र ज्योत्सना योगीसँगै जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुशन खड्का, अर्जुन खड्का र सुशील काफ्ले भिडियोका फिचरिङ कलाकारहरु हुन् । श्रीराम महतले निर्देशन गरेको फिल्म ‘म त तिम्रै हुँ’ साउन ७ गतेदेखि प्रदर्शनमा आउँदैछ । छोरा अनमोल केसी निर्माताको रुपमा रहेको फिल्मको प्रचार प्रसारमा आमा सुस्मिता केसी जोडतोडका साथ लागिपरेकी छिन् ।
For More videos Log on to Mazzako TV