हाउसफूल दर्शकमाझ सौगातको ‘टङ स्लिप’ भएपछि…!
गत शनिबार नायक सौगात मल्ल आफु अभिनित फिल्म ‘लुकामारी’ लागेका दुई हलहरुमा पुगे । बालाजुको अष्ट नारायण हल र कमलपोखरीको बिग मुभिजमा सौगातले दर्शकसँग साक्षत्कार गरे । तर बिग मुभिजका दर्शकमाझ भने सौगातले लज्जा महशुस गर्नु पर्यो ।
शनिबारको मध्यान्हको शोमा बिग मुभिजको हल दर्शकले भरिभराउ थियो । फिल्मको मध्याह्न्तर भएको बेला पारेर सौगात सहित ‘लुकामारी’ टिम हल भित्र प्रवेश गरेको थियो । निर्देशक श्रीराम दाहालले ‘हामीसँग सौगात मल्ल हुनुहुन्छ’ भनेपछि दर्शकले ताली र सिठी फुक्दै सौगातलाई स्वागत गरेका थिए । हाँस्दै र हात हल्लाउँदै सौगातले दर्शकलाई अभिभावदन गरे । दर्शकबाट झन बढी हुटिङ आयो ।
दर्शकको त्यस प्रकारको हुटिङपछि सौगात पनि हौसिए र उनले सोधे, ‘तपाईंहरुलाई मुभी कस्तो लाग्यो ?’ सौगातको यो प्रश्नमा दर्शक मुर्छा परेर हाँस्न थाले । सौगात रातो पिरो भए । आखिर किन त ? किनभने सौगातले मुभी भन्नुपर्ने ठाउँमा अर्कै शब्द भनेका थिए जसकारण दर्शक मुर्छा परेर हाँसेका थिए । केहीले भन्दैथिए, ‘हड्डी नभएको जिब्रो कहिलेकाहीं लरबरि हाल्छ नि सौगात जी !’ सौगात पनि हो रहेछ भन्दै हल बाहिर निस्किए । सौगातसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :