सम्हालिइन् श्वेता : पाँच तस्बिरमा हेर्नुस् उनको हाँसो
शनिबार नायिका तथा निर्मात्री श्वेता खड्काले स्व.पती श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ को च्यारेटी शो गर्दै युट्युवमा समेत सार्वजनिक गरिन् । यस कार्यक्रममा श्वेता निकै सजिएर आएकी थिइन् । आगन्तुक पाहुनासँग पुरा समय ‘कोहिनूर’ हेरेकी श्वेता थुप्रै दृश्य तथा संवादहरुमा भक्कानिइन तर रोइनन्, उनले आफ्नो आँसुलाई सम्हालिन् ।

कुन दृश्य चाहिं तपाईंलाई एकदमै पिडादायी भयो ? भन्ने जिज्ञासामा श्वेताले भनिन्, ‘एउटा भन्ने नै छैन । हरेक दृश्य मेरा लागि पिडादायी थिए ।’ जे होस् श्वेताले पछिल्लो समय आफुलाई सम्हाल्दै लगिरहेकी छिन् । आफ्नो पहिलाको व्यापार र ‘कफी सप’ समेत सञ्चालनमा ल्याएकी श्वेता फिल्म निर्माणको तयारीमा छिन् । ‘तर अहिले नै भने होइन’ श्वेता भन्छिन्, ‘तयारी हुँदैछ केही समय पछि पक्कै फिल्म बनाउँछु ।’ फिल्म ‘कोहिनूर’ को च्यारेटी शोमा मज्जाको अनलाईन डटकमका कमल प्रसाईंले खिचेका मज्जाका श्वेताका पाँच तस्बिरहरुलाई नियाल्नुस् :




Watch Mazzako Video Here :-








