दिलिप रायमाझीले अमेरिकामा खोले डान्स स्कूल (मज्जाको भिडियो)
अभिनेता दिलिप रायमाझीले अमेरिका डान्स स्कूल खोलेका छन् । अन्य साथीहरुसँग मिलेर दिलिपले अमेरिकाको ओहायो शहरमा डान्स स्कूल सञ्चालनमा ल्याएका हुन् । तीन महिनाको कोर्स गर्ने गरी अमेरिकाको विभिन्न शहरहरुमा डान्स स्कूल खोल्ने योजना रहेको दिलिप बताएका छन् । अमेरिकामा दिलिपसँग गरिएको मज्जाको कुराकानी हेर्नुस् :
किन खोले त दिलिपले अमेरिकामा डान्स स्कूल ? उनको भनाई छ, ‘यहाँ काम गर्नै पर्छ । प्यासनलाई प्रोफेसन मात्रै बनाएको हुँ ।’ यस्तै दिलिपले आफु फिल्म क्षेत्रबाट पलायन नभएको समेत दाबी गरेका छन् । आफ्नी छोरीको पढाइका कारण मात्रै आफु अमेरिका आउन बाध्य भएको खुलाउँदै दिलिपले जहाँ गएपनि नेपाली संस्कृतिको लागि काम गर्ने बताए । दिलिप केही समय अगाडी नेपाल आइ फिल्म ‘चर्खा’ को छायाँकन सकाएर अमेरिका फर्किएका थिए ।
For More videos Log on to Mazzako TV