निर्माण टिम तथा वितरण कम्पनीहरुबाट प्राप्त व्यापारिक विवरण अनुसार फिल्म ‘गाजलु’ ले दुई हप्तामा कुल ३ करोड २८ हजार ९ सय ३१ रुपैयाँको ग्रस व्यापार गरेको छ । हेमराज विसी निर्देशित यो फिल्मले काठमाडौंबाट मात्रै १ करोड ८२ लाख ६ हजार ९ सय ३ रुपैयाँको विजनेस गरेको रिपोर्ट छ ।

anmol-shristi
युवा स्टार अनमोल केसी स्टारर फिल्मले मोफसलबाट दुई सातामा १ करोड २० लाख ७४ हजार २८ रुपैयाँ ९५ पैसाको विजनेस गरेको विवरण प्राप्त छ । निर्माता रोहित अधिकारीले फिल्मको कुल लागत १ करोड २० लाख रहेको बताए । उनले भने, ‘लगानी नेपालबाटै सुरक्षित हुन्छ ।’ निर्माता अधिकारीका अनुसार अष्ट्रेलिया, युके, हङकङ, कोरिया, जापान, अमेरिका र भारतको प्रदर्शन अधिकार बिक्रीबाट मात्रै आफ्नो खातामा अहिलेसम्म ६० लाख ५० हजार परेको दाबी गरे । उनका अनुसार अमेरिका र युकेको लागी पूर्णतः प्रदर्शन अधिकार नदिईएकोले उल्लेखित देशका अन्य शहरमा समेत फिल्म प्रदर्शनको लागी कुरा अघि बढिरहेको बताए ।

अनमोलसँगै सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल लगायत ‘गाजलु’ मा अभिनयमा छन् । फिल्म अहिले केही हलहरुमा तेस्रो हप्तामा प्रदर्शनरत छ ।

For More videos Log on to Mazzako TV