आज अन्तर्राष्ट्रिय योग दिवस । योगले मनलाई शान्ति मात्रै होइन शरिरलाई तन्दुरुस्त बनाउँछ, अनि सौन्दर्यमा निखारता पनि ल्याउँछ । यसको उदाहरणको पात्र हुन्, नायिका झरना थापा ।
jharna-thapa
चौध वर्षको उमेरदेखि योग गर्न सुरु गरेको बताउने झरना आफ्नो तन्दुरुस्तीको राज नै योग रहेको बताउँछिन् । अन्तर्राष्टिय योग दिवसको सबैलाई शुभ कामना दिदैं झरना भन्छिन्, ‘योगले मनलाई स्थिर बनाउँछ । शरीरलाई फिट राख्छ । सौन्दर्यमा पनि चमक आउँछ ।’ फिल्ममा व्यस्त हुन थालेपछि भने झरनाले योगमा निरञ्तरता दिन पाइनन् । ‘तर म महिनामा केही दिन भएपनि योग कक्ष जाने गदथें ’ झरना भन्छिन् । आत्मज्ञान योग संस्थाका प्रेम रावतले झरनालाई योग सिकाउँथे । ‘योग गर्दा निकै आनन्द आउँछ’ झरनाको बुझाइ छ, ‘अहिले पनि कहीलेकाहीं जाने गर्छु ।’ उसो भए तपाईंको फिटनेसको राज पनि योग नै हो त ?

झरनाको तर्क छ, ‘पक्कै पनि योग नै हो । तर खानपिनमा पनि ध्यान दिन आवश्यक छ ।’ प्लस टु सकाएकी छोरीकी आमा झरना अझै पनि स्लिम छिन् । उनी अनावश्यक मोटोपनबाट परै छिन् । झरना यतिबेला होम प्रोडक्सनको फिल्म ‘ए मेरो हजुर २’ को निर्देशनको तयारीमा जुटेकी छिन् ।

For More videos Log on to Mazzako TV