फिल्म ‘के म तिम्रो होइन र’ को विदेश प्रदर्शन पनि सुरु भएको छ । यही जुन १८ तारिखमा अमेरिकाको सान फ्रान्सिस्कोमा अवस्थित ‘मचान थिएटर अल्मेडा’ फिल्मको रेड कार्पेट शो सम्पन्न भएको छ । रेड कार्पेटमा फिल्मका नायक आर्यन अधिकारी आकर्षकको केन्द्र बने । कालो चस्मा, सेता सर्ट, कालो कोट र पाइन्टमा आर्यन निकै आकर्षक देखिएका थिए ।

aryan=adhikari

निर्देशक आकाश अधिकारी भने कार्य व्यस्तताको कारण फिल्मको पहिलो विदेश शोमा सहभागी हुन पाएनन् । उनी जुलाईको दोश्रो साता अष्ट्रेलिया हुँदै अमेरिका पुग्नेछन् । नायक अधिकारीलाई सम्पन्न अमेरिकाको शोमा पनि दर्शकको माया मिल्यो । नेपालमा उनको सिक्स प्याकको खुवै चर्चा भएको थियो । सुरेश अधिकारीको निर्माण रहेको फिल्ममा आर्यन र मरिस्का पोखरेल मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

aryan-adhikari

अमेरिकामा सम्पन्न ‘के म तिम्रो होइन र’ को पहिलो शो सह निर्माता सुनिल अधिकारी, सुनिल भट्ट र उनका साथीहरुको सक्रियतामा आयोजना भएको हो । त्यहाँको पहिलो शो सफल भएपछि अन्य स्टेशनबाट पनि माग बढिरहेको निर्देशक अधिकारीले बताएका छन । त्यहाँसँगै ‘के म तिम्रो होइन र’ को अष्ट्रेलिया, आयरल्याण्ड र यूकेमा पनि चाँडै शो राख्दैछ ।

aruan-adhikari

aryan-santosh

For More videos Log on to Mazzako TV