‘गाजलु’ प्रचार प्रसारको लागि मोफसल निस्किएको टिमले सोमबार चितवनमा प्रेसमिटको आयोजना गर्यो । उक्त प्रेसमिटमा ‘गाजलु’ की नायिका श्रृष्टि श्रेष्ठ पत्रकारले सोधेको एक प्रश्नमा रिसाउन पुगिन् । यसले अनलाईन मिडियामा राम्रै स्थान पाइरहेको छ ।

gajalu-team-at-chitwan
मिस नेपाल भएर फिल्म खेल्नु भएको छ , तपाईंलाई फिल्म खेल्ने रहर थियो कि ? अब नाम ‘क्यास’ भैहाल्यो किन फिल्म खेल्ने ? भन्ने आशयको प्रश्नमा श्रृष्टिले भनेकी छिन्, ‘तपाईंले मेरो बारेमा केही रिसर्च गर्नु भएको छ मलाई यो प्रश्न सोध्नु अगाडी ?’ सञ्चारकर्मीको जवाफ छ, ‘त्यो त छैन् ।’ श्रृष्टिले फेरी पनि भनेकी छिन्, ‘पहिला रिसर्च गर्नु अनि प्रश्न गर्नु ।’ प्रेसमिटमा यस प्रकारको सवाल जवाफ भएपछि श्रृष्टिलाई प्रश्न सोध्ने चितवनका पत्रकार रवि अधिकारीले पत्रकार माथि अपमान भएको बताउँदै श्रृष्टिले आफुलाई थर्काएको भन्ने आरोप लगाएका छन् । भिडियो हेर्नुस् :

यता पुर्व मिस नेपाल तथा नायिका श्रृष्टि श्रेष्ठले आफुले पत्रकारलाई नथर्काएको बताएकी छिन् । मंगलबार काठमाण्ठौं फर्किने तयारी गरिरहेकी श्रृष्टिले चितवनबाट मज्जाको अनलाईन डटकमसँग फोन संवादमा भनिन्, ‘मलाई प्रश्न सोध्ने तरिका राम्रो लागेन । प्रश्न सोध्ने तरिका सम्मानजनक थिएन’ श्रृष्टिले थपिन्, ‘तर मैंले पत्रकारलाई थर्काएको भने होइन ।’ श्रृष्टिसँगै चितवनको प्रेसमिटमा निर्देशक हेमराज विसी, कलाकारहरु गौरव पहारी, सलोन बस्नेत सहभागी थिए ।

For More videos Log on to Mazzako TV