नायक कर्म पनि अब गायक : ‘लुकामारी’ मा दिए यस्तो स्वर
नायक कर्म पनि अब गायक भएका छन् । उनले फिल्म ‘लुकामारी’ मा समावेश ‘घिन्ताङ घिसी ट्वाक्क’ बोलको गीतमा आवाज दिएका छन् । यो गीतलाई फिल्मको ‘थीम सङ्ग’ भनिएको छ । गीतमा विकास सिलवाल र धमेन्द्र सेवानको पनि आवाज छ ।
कमेडी जनराको फिल्म भएकाले पनि यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । यो गीतमा विकास सिलवालकै शब्द तथा संगीत छ । असार १० गतेबाट प्रदर्शनमा आउने फिल्म अहिले चर्चामा छ । भिडियो हेर्नुस् :
सौगात मल्ल, कर्म, सुरविना कार्की, रीस्ता बस्नेत, विक्रम सिंह फिल्मका मुख्य पात्र हुन् । श्रीराम दाहालले निर्देशन गरेको फिल्मलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् । फिल्मले सेन्सर वोर्डबाट पिजी प्रमाण पत्र पाएको छ ।
For More videos Log on to Mazzako TV