हिरो सविन श्रेष्ठलाई के सुहायो, खैरो कोट कि सेतो सर्ट ?
नायक सविन श्रेष्ठ यतिबेला आफ्नै ब्यानरबाट फिल्म बनाउन लागि परेका छन् । उनले बनाउने फिल्म ‘हिरो रिटन्र्स’ मा नायिका रेखा थापा खेल्ने पक्का भएको छ । रेखाकै अपोजिट भएर सविनले फिल्म ‘अन्दाज’ बाट रजतपटमा डेव्यु गरेका थिए । उनले आफनो बडीलाई पछिल्लो केही वर्षदेखि सुगठिलो बनाएका छन् । यिनै सुगठिलो शरीरका धनी नायक श्रेष्ठ मज्जाको अनलाईन डटकमका कमल प्रसाईंको क्यामेरामा कैद भएका छन् । सर्ट र कोटमा खिचिएका तस्बिरहरुमध्ये तपाईंलाई सविनको कुन तस्बिर मन पर्यो ? हेरेर छुट्याउनुस् :
For More videos Log on to Mazzako TV