हिन्दी फिल्म ‘ताहान’ सँग मेल खाने ‘कालो पोथी’ : कसरी भयो त अर्गानिक ?
उत्सब रसाईली, फिल्म ‘कालो पोथी’ हेर्नुभयो ? यदि हेर्नुभएको छैन भने हेर्नुस् । गएको जेठ २१ गते देखि प्रदर्शनमा आएको यो फिल्म राजधानीका केही मल्टिप्लेक्स फिल्म हलहरुमा अझै पनि चलिरहेको छ । मिन बहादुर भाम निर्देशित यो फिल्मले मल्टिप्लेक्समा दर्शकको साथसँगै समिक्षकको तारिफ पनि पाइरहेको छ । दर्शकको साथ र समिक्षकको वाही वाही पाइरहेको फिल्म किन नहेर्ने त ? हो, नेपाली फिल्म ‘कालो पोथी’ हेर्नुस् ।
हिन्दी फिल्म ‘ताहान’ को एक दृश्यमा गधासँग बाल कलाकार ।
तर के निर्देशक भामले तपाईंलाई आफ्नै माटोको कथा नै पस्किदिएका छन् त ? पक्कै पनि पस्किएको तपाईंलाई भान पर्न सक्छ । किनकी निर्देशक भामले फिल्म प्रदर्शन अगाडी भनेका छन्, ‘यो हाम्रो माटोको कथा हो, अझ मेरै जिल्ला मुगुको कथा हो ।’ हुनपनि हो ‘कालो पोथी’ का सबै कलाकार नेपाली हुन्, अझ मुख्य दुई बाल पात्र त मुगु जिल्लाका हुन् । अनि फिल्ममा देखाइएको सरकार र माओवादी पक्षको लडाईं पनि शशस्त्र दश वर्षे द्धन्द्धको झलक हो । यसैले ‘कालो पोथी’ हाम्रै कथा भन्ने धेरैलाई लागेको हुनुपर्छ ।
‘कालो पोथी’ को पोस्टर ।
तर यो पनि ख्याल गर्नुस् कि फिल्म ‘कालो पोथी’ परायाको ‘पैंचो’ लिइएको फिल्म हो । परायाको पैंचो यसअर्थमा कि निर्देशक भामले हिन्दी फिल्म ‘ताहान’ को ‘कन्सेप्ट’ लाई तानेर नेपालको परिवेशसँग ढालिदिएका छन् । अझ भनौं ‘कालो पोथी’ को आफ्नै मेरुदण्ड छैन ऊ अर्कैको मेरुदण्डमा उभिएकी छे । सन् २००८ मा प्रदर्शनमा आएको हिन्दी फिल्म ‘ताहान’ मा प्रस्तुत गरिएको कश्मिरको द्धन्द्धको परिवेशमा एक बालकको गधासँगको प्रेम परे जस्तै ‘कालो पोथी’ मा पनि नेपालको शशस्त्र द्धन्द्धको परिवेशमा दुई बालकको प्रेम पोथी सँग पर्न जान्छ । यो सँगै ‘ताहान’ र ‘कालो पाथी’ बिच धेरै समानता छन । अरु समानता पत्ता लगाउन युट्युवमा ‘ताहान’ र हलमा गएर ‘कालो पाथी’ हेर्नुस् । ‘ताहान हेर्नुस् :
यसैले हिन्दी फिल्म ‘ताहान’ हेर्नेले ‘कालो पोथी’ लाई नेपाली ‘ताहान’ भनेर व्याख्या गरिरहेका छन् । यसको धक्का नेपाली फिल्म र नेपाली फिल्मकर्मीलाई पुग्न गएको छ भने आफ्नै कथा खोज्ने दर्शकप्रति ठुलो धोका भएको छ ।
For More videos Log on to Mazzako TV