सुरु भयो विपिन र वर्षाको ‘जात्रा’ : मह जोडीले गरे मुर्हत
फिल्म ‘जात्रा’ को छायाँकन सुरु भएको छ । रविन्द्रसिंह बानियाँले निर्माण गरेको फिल्मको असन गल्लीबाट छायाँकन सुरु भएको हो । प्रदिप भट्टराईको निर्देशन रहेको ‘जात्रा’ को आइतबार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभ मूर्हत गरे । मुर्हतकै फिल्मको छायाँकन सुरु भएको हो ।
फिल्म ‘जात्रा’ को दिप प्रज्जवलन गर्दै नरिवल फोरेर शुभ साईत गरेका थिए । उनीहरुले फिल्म सफलताको शुभकामना दिए । मह जोडीसँगै ‘जात्रा’ को शुभ मूर्हतमा निर्देशक मनोज पण्डित, निर्माता माधव वाग्ले र कलाकार खगेन्द्र लामिछाने लगायत शुभेच्छा दिन पुगेका थिए ।
दिर्घ गुरुङको सिनेम्याटोग्राफी रहने ‘जात्रा’ मा निर्माता बानियाँ, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्रचार्य प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणी नेपाल, सुस्मिता कार्की लगायत मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । फिल्ममा विपिन र वर्षा अनि रविन्द्र प्रेक्षा पती पत्नीको भूमिकामा प्रस्तुत हुँदैछन् ।
फिल्मको छायाँकन असन ईन्द्रचोक र मह स्टुडियोमा हुनेछ । प्रदर्शन मिति कात्तिक १९ लाई तोकिएको छ । ‘जात्रा’ असनको गल्लीमा पसल गर्ने तीन पसलहरुबिच हुने जात्रा हो ।