देशको माया नमार्ने भन्दै बाबु बोगटी पनि उडे अमेरिका
गायक तथा नायक बाबु बोगटी अमेरिका उडेका छन् । उनी शुक्रबारको साढे ९ बजे अमेरिका उडेका हुन् । बाबुकी श्रीमती र केही महिना अगाडी जन्मिएका छोरा त्यहाँको टेक्सास शहरमा छन् ।
अमेरिकाका विभिन्न शहरमा कार्यक्रम समेत तय गरेरका बाबुले आफु अभिनय र साँगीतिक क्षेत्रबाट पलायन भने नभएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाबुले भने, ‘म पलायन भएको होइन । केही समयका लागि अमेरिका जान लागेको हुँ । आफ्नो देशलाई माया मार्न सकिन्नं ।’ यद्पी बाबुले अमेरिका गएको केही महिनापछि त्यहाँको कार्ड प्राप्त गर्नेछन् । बाबुकी श्रीमती नेपाली भाषी भुटानी हुन्, जो यतिबेला अमेरिकामा छिन् ।
श्रीमतीका कारण बाबुले स्वतः त्यहाँको कार्ड पाउनेछन् । पछिल्लो समय थुप्रै नेपाली कलाकार अमेरिका पुगेका छन्, कतिले कार्ड लिइसकेका छन् भने कति लिने प्रक्रियामा छन् ।