अभिनेत्री झरना थापाले निर्देशक गर्ने फिल्म ‘ए मेरो हजुर २’ मा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् । पहिलो फिल्म ‘ड्रिम्स’ बाटै वाहीवाही बटुलेकी साम्राज्ञीलाई ‘ए मेरो हजुर २’ को मुख्य नायिकाको रुपमा अनुबन्धित गरिएको हो ।

samragi-jharna
आफ्नै कार्यालयमा साम्राज्ञीलाई अनुबन्धित गर्दै निर्देशक थापाले भनिन्, ‘उसलाई सुहाउने भूमिकामा प्रस्तुत गर्नेछौं ।’ पारिश्रमीक चाहिं कत्ति दिनु भयो नि ? भन्ने प्रश्नमा झरनाले भनिन्, ‘चित्तबुझ्दो दिएका छौं ।’ साम्रज्ञीसँगै फिल्ममा नाजिर हुसेन र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । हिरोको भने खोजी भैरहेको छ ।

एसके थापा प्रोडक्सनको प्रस्तुतीमा निर्माता सुनिल कुमार थापाले निर्माण गर्ने फिल्म ‘ए मेरो हजुर २’ को आउँदो साउन २० गतेबाट छायाँकन सुरु हुनेछ । फिल्मको लोकेशन पोखरा, मनाङ र राजधानीलाई रोजिएको छ ।

For More videos Log on to Mazzako TV