‘लुकामारी’ रिलिजको पुर्व सन्ध्यामा किन लागिन् रिस्ता मलेशिया ?
फिल्म ‘लुकामारी’ रिलिजको पुर्वसन्ध्यामा नायिका रिस्ता बस्नेत मलेसियातर्फ लागेकी छिन् । असार १० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लुकामारी’ को प्रचार प्रसारलाई छोडेर किन गइन् त रिस्ता मलेसिया ?
‘म्युजिक भिडियो सुट र कार्यक्रमका लागि आउनु पर्यो’ मज्जाको अनलाइन डटकमसँग रिस्ताले खुलाइन्, ‘फिल्म रिलिजकै बेलालमा यता आउनु पर्यो । नमज्जा लागिरहेको छ ।’ मलेसियाको कार्य तालिका सकेर सिङ्गापुर घुमी रिस्ता दुई साता पछि नेपाल फर्किनेछिन्, जतिबेला उनी अभिनित फिल्म ‘लुकामारी’ नेपालमा प्रदर्शन भैसकेको हुनेछ । ‘अब फेसबुकबाटै प्रचार र दर्शकसँग अन्र्तक्रिया गर्छु’ फिल्मको बाँकी प्रचार प्रसारको योजना बारे रिस्ताले सुनाइन्, ‘धेरै मिडियासँग त अन्र्तक्रिया भैसकेको छ बाँकीसँग अरु कलाकारले गर्नुहुन्छ ।’
श्रीराम दाहालको निर्देशन रहेको फिल्म ‘लुकामारी’ मा रिस्तासँगै सौगात मल्ल, कर्म र सुरविना कार्कीको मुख्य भूमिका रहेको छ । यो फिल्मको आउँदो साता पोखरामा भव्य प्रिमियर शोको आयोजना हुँदैछ ।