‘प्रेम गीत’ बाट प्रभावित ‘जय पर्शुराम’ को कन्सेप्ट : पुनः प्रयोग या संयोग ?
फिल्म ‘प्रेम गीत’ को ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सायदै कमले सुनेको होला । यो गीतको भिडियो हेर्ने दर्शकको मानसपटलमा कलाकार, लोकशन र पहिरण ताजै हुनुपर्दछ । यही चर्चित गीतको उत्कृष्ट भिडियोसँग प्रभावित भएर अर्को एउटा नेपाली फिल्मको गीति भिडियो तयार भएको छ ।
नायक विराज भट्टको कम ब्याक रहेको फिल्म ‘जय पर्शुराम’ को एउटा गीतको कन्सेप्ट, लोकेशन र पहिरण ‘प्रेम गीत’ फिल्मको ‘म यस्तो गीत गाउँछु’ को जस्तै छ । ‘जय पर्शुराम’ को सार्वजनिक एक तस्बिरमा जंगलको बिचमा राखिएको पियानो, नायिकाले लगाएको सेता रङ्गको गाउन लगायत यावत वस्तुहरु उस्तै छन् । ‘जय पर्शुराम’ का कोरियोग्राफर रामजी लामिछाने हुन् भने ‘प्रेम गीत’ की कोरियोग्राफर रेनशा वान्तवा राई हुन् । लामिछानेको कन्सेप्ट राईको कन्सेप्टसँग संयोगवश मिल्न गएको हो या उनले जानाजान राईको कन्सेप्टलाई पुनः प्रयोग गर्न खोजेका हुन् ? त्यो उनै जानुन् । ‘जय पर्शुराम’ को पुरै गीति भिडियो सार्वजनिक छैन ।
त्यसैले भएकाले यसै हो भन्न कठिन छ । यद्पी नायिका निशा अधिकारीले आफ्नो फेसबुकमा सार्वजनिक गरेको ‘जय पर्शुराम’ को गीतको तस्बिर भने ‘म यस्तो गीत गाउँछु’ को एक दृश्यसँग दुरुस्तै मिल्न गएको देखिन्छ । बाँकी कत्तिको मिल्न गएको छ, त्यो भिडियो सार्वजनिक भएको पछि नै पत्ता लाग्नेछ ।
For More videos Log on to Mazzako TV