दरबारमार्गमा हेर्ने होइन त प्रियंका, मलिना र मालाको क्याटवाक ?
मोडलिङ हँदै अभिनयमा प्रवेश गरेका तीन नायिकाले हिरोइनले फेरि एकपटक र्याम्पमा क्याटवाक देखाउने भएका छन् ।
दरबारमार्गस्थित भिक्ट्री लन्ज एण्ड बार स्थापनाको एक वर्ष पूरा भएको अवसरमा असार ४ गते हुन लागेको ‘भिक्टोरियन्स नाइटस्’ शीर्षकको फेसन सोमा सो स्टपर बन्दै प्रियंका, मलिना र माला र्याम्पमा देखिन लागेका हुन् । फेसनको शोको शुभारम्भ भने आयुष्मान देसराज जोशी र अर्पणा उपाध्यायले गर्नेछन् ।
संगीत, फेसन र नृत्यको फ्युजनको रुपमा रहने कार्यक्रममा मोडलहरुले मनिस राई, खुशी भेटवाल र खुस्बु रानाले डिजाइन गरेको पहिरणमा र्याम्पको शो नाप्नेछन् । मोडलहरुको कोरियोग्राफी विपेन माइक गुरुङको रहनेछ भने याशु खड्काले साल्सा नृत्य प्रस्तुत गर्नेछन् । धरानको हाम्रो डान्स घरले समसामयिक नृत्य प्रस्तुत गर्नेछ ।
साँझमा संगीत पनि महत्वपूर्ण आकर्षणको रुपमा रहने भिक्ट्रीकी कार्यकारी निर्देशक निरु जोशीले जानकारी गराइन् । कार्यक्रममा धर्मेन्द्र सेवानले आफ्ना चर्चित गीत सुनाउनेछन् । बेलुकी ७ बजेबाट सुरु हुने कार्यक्रममा सहभागीले डिजेको संगीतमा पनि रम्न पाउनेछन् ।
For More videos Log on to Mazzako TV