सुनिल थापाको अध्यक्षतामा खुल्यो ‘एभरेष्ट फिल्म एकेडेमी’
कलाकार सुनिल थापाको अध्यक्षतामा मिनभवनमा ‘एभरेष्ट फिल्म एकेडेमी’ संचालनमा आएको छ । बिहिबार सूचना तथा सञ्चारमन्त्री शेरधन राइले उक्त एकेडेमीको उद्घाटन गरे । यही असारदेखि भर्ना खुलाइएको यस एकेडेमीमा फिल्म निर्देशन, अभिनय, नृत्य, छायांकन र सम्पादन ‘भीएफएक्स’ को कोर्ष गराइनेछ ।
अध्यक्ष थापाले यस एकेडेमीबाट दक्ष र गर्व गर्न लायक विद्यार्थी उत्पादन गर्ने बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘हामी यहाँ सकारात्मक शिक्षा दिन्छौं ।’ यस्तै एकेडेमीका सीइओ प्रकाश पुरीले फिल्म क्षेत्रमा पढेर आएका व्यक्तिहरुको अभाव भएकाले यो एकेडेमी संचालनको योजना बनाएको बताए । ‘तीन वर्ष लामो मिहिनेत पछि यो एकेडेमी संचालनमा आएको हो’ उनले भने ।
निर्देशक उज्वल घिमिरे डिरेक्टर रहेको ‘एभ्रेष्ट फिल्म एकेडेमी’ मा गेहेन्द्र धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपिकराज गिरी र बाबुराम ढकाल सल्लाहकार समितिमा छन् । यस्तै ज्योत्सल राजभण्डारी प्रशासनिय निर्देशक र विशाल श्रेष्ठ मार्केटिङ निर्देशकको रुपमा आवद्ध छन् ।
‘निर्देशन विधामा’ लक्ष्मीनाथ शर्मा, उज्वल घिमिरेको टिम छ । यस्तै अभिनय विधामा विश्व बस्नेत, गौरी मल्ल, गंगाप्रसाद तिवारी, रेनशा राई (नृत्य), चन्द्र पन्त (फाईट) र टंक चौलागाईको टिम छ । छायांकनतर्फ प्रेम उपाध्याय र विश्नु कल्पीतले अध्यापन गराउनेछन् । दृश्य सम्पादनतर्फ भने रजनी पन्त, दशरथ गिरीको टिम छ । तस्बिर : महेश्वरमान सिंह
For More videos Log on to Mazzako TV