‘तीन घुम्ती’ टिमसँग मज्जाको टेबल टक् : कसले के भने ?
विपी कोइरालको कृति माथि बनेको फिल्म ‘तीन घुम्ती’ ले प्रचार प्रसारलाई तिव्रता दिएको छ । यसै साता यस फिल्मका सदस्यहरुले मिडियासँग अन्र्तक्रिया गरे । निर्देशक बाबुराम ढकाल, निर्माण टोली र नायक सुशान्त कार्कीले मज्जाको अनलाईन डटकमसँग टेबल टक् गरे ।
हामीसँगको कुराकानीमा उनीहरुले नेपाली दर्शकले फिल्म ‘तीन घुम्ती’ लाई एकपटक हेर्नै पर्ने दाबी गरे । निर्देशक ढकालले भने, ‘कृति पहिल्यै हिट भैसकेको छ । फिल्म पनि हिट हुन्छ भन्ने हामीलाई विश्वास छ ।’ यता अडिसनबाट छानिएको दाबी गर्ने नायक सुशान्त कार्कीले ‘तीन घुम्ती’ आफ्नो करिअरको टर्निङ प्वोइन्ट हुने बताए । उनले भने, ‘यो फिल्मले मेरो फिल्मी करिअरलाई विशेष महत्व राख्छ ।’ उनले च्यारेटी तथा विशेष शोमा आफ्नो भूमिकालाई दर्शकले रुचाएको पनि बताए । फिल्ममा मज्जा चाहिं के छ ? उनले हाँस्दै भने, ‘फिल्मको मज्जा भनेकै मेरो क्यारेक्टर हो ।’
‘तीन घुम्ती’ मा सुशान्तसँगै नायिका गरिमा पन्त र अर्का नायक ध्रुव दत्तको अभिनय रहेको छ । भर्खरै बिवाह बन्धनमा बाँधिएकी गरिमा फिल्म प्रचारको लागि बेल्जियमबाट केही दिनमा नेपाल आउने निर्देशक ढकालले जानकारी दिए । ‘तीन घुम्ती’ असार १७ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।