निर्देशक सुदर्शन थापाले ‘प्रेम गीत’ का नायक प्रदीप खड्का आफ्नो सन्तान भएको र सन्तानसँग आफ्नो सम्बन्ध सुमधुर नै रहेको दाबी गरेका  ।

sudarshan-thapa-edited
तपाईं र हिरो प्रदीप खड्काको सम्बन्ध गुलियो छैन भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा निर्देशक थापाले उल्टै प्रश्न गरे, ‘उ त मेरो बेवी हो, कसरी सम्बन्ध नराम्रो हुन्छ ?’ उनले थपे, ‘मैंले कुन हिसाबले फिल्ममा लिएँ त्यो प्रदीपलाई नै थाहा छ ।’ यस्तै उनले प्रदीपसँग पैसा लिएर आफुले ‘प्रेम गीत’ मा खेलायो भन्ने हल्लाले आफुलाई दुःख लागेका बताए । उनले भने, ‘पैसा लिएर हिरो बनायो भन्ने कुरा सुन्दा दुःख लाग्छ । यसले मलाई धेरै नै चित्त दुखायो ।’ यद्पी उनले ‘प्रेम गीत’ को प्रिमियरपछि प्रदीपसँग भेट भने नभएको स्विकार गरे ।

सुदर्शनले खुलाए, ‘प्रिमियरपछि मैंले प्रदीपको काँधमा हात राखेर अगाडी बढ्दै जानु भनेर आशिर्वाद दिएको थिएँ, त्यसपछि हाम्रो भेट भएको छैन ।’ किन त ? ‘त्यो त मलाई पनि थाहा छैन’ निर्देशक थापाले भने, ‘सफलतालाई आत्मासाथ गर्ने क्षमता भगवानले दिउँन् । मेरो यही कामना ।’ निर्देशक थापाको भनाईले के प्रष्ट हुन्छ भने निर्देशक र नायकबिच सम्बन्ध सुमधुर छैन । किन छैन ? उनीहरु आफैं जानुन् । ‘प्रेम गीत’ रिलिजपछि प्रदीप निर्माता सन्तोष सेनतिर नजिक भएका छन् ।

For More videos Log on to Mazzako TV