‘पशुपती प्रसाद’ का हनुमानजीले ‘जात्रा’ बनाउने : यी कलाकार छानिए
यसअघि ‘टलकजंग भर्सेस टुल्के’ निर्माण गरेका निर्माता रविन्द्र सिंह बानियाँले दोश्रो फिल्म निर्माणको घोषणा गरेका छन् । उनले फिल्म फिल्म ‘पशुपति प्रसाद’ मा हनुमानजी को भूमिका निभाएका थिए । उनको कम्पनी षट्कोण आर्टस प्रालीले ‘जात्रा’ शिर्षकमा असन गल्लीका तीन पसलेहरुको गल्लीको कथा बोल्ने फिल्म निर्माण गर्ने भएको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्मको यही असार ५ गतेबाट छायाँकन सुरु हुनेछ ।
दिर्घ गुरुङको सिनेम्याटोग्राफी रहने ‘जात्रा’ फिल्मलाई मुख्यतः असन इन्द्रचोक लगायत काठमाण्डौं विभिन्न ठाउँमा खिचिनेछ । फिल्म निर्माणमा निर्माता बाँनियासँग यादव पौडेल र सिङ्गे लामाले लगानीमा सहकार्य गरेका छन् । कलाकारहरुमा निर्माता बानियाँ सँगै विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणी नेपाल, सुस्मिता कार्की लगायत मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।
फिल्म ‘जात्रा’ को मुख्य विषय अभावका बिच खुसीमा रमाइरहेका तीन पसलेहरुको जीन्दगीमा अकास्मत खस्ने समस्यारुपी ढुंगा र घटना पश्चात उत्पन्न हुने परिस्थिति नै फिल्मको हुनेछ । ‘जात्रा’ को प्रदर्शन मिति कात्तिक १९ लाई तोकिएको छ ।
For More videos Log on to Mazzako TV