आज असार १ गते हाँस्य ब्याङ्ग्य कलाकार जितु नेपालको जन्मदिन हो । उनलाई सामाजिक सञ्जालमा सयौंले जन्मदिनको शुभकामना दिएका छन् । जितु स्वयमले पनि आफ्नो जन्मदिनमा तीन तस्बिरहरु सहित लामो स्टाटस पोस्ट गरेका छन् ।

jitu-nepal-birth-day

जितु नेपाल लेख्छन्, ‘आज सम्मको यो यात्रामा कसैलाई मनमा एउटा र बाहिर अर्को व्यवहार गरिन, रिस उठ्दा गाली नै गरे, खुस उठ्दा तारीफै गरे तर दुई वटा व्यवहार गर्न सकिनं ।’ यस्तै नायिका  प्रियंका कार्कीले जन्मदिनको शुभकामना दिदैं कलाकार नेपाललाई जस्तो हो त्यस्तै हुन आग्रह गरेकी छिन् । प्रियंका र जितु फिल्म ‘वडा नं ६’ र ‘छक्का पञ्जा’ मा सँगै काम गरेका छन् ।

jitu-priyanka
हाँस्य व्याङ्ग्य क्षेत्रका चर्चित कलाकारहरु मध्ये जितु नेपाल पनि एक हुन् । उनलाई दर्शकले विशेषतः ‘जिरे खुर्सानी’ को मुन्द्रे भनेर चिन्छन् । उनको स्टेज प्रस्तुती वेजोडको हुने गर्दछ । मुद्रे उर्फ जितुलाई मज्जाको अनलाइन डटककको तर्फबाट जन्मदिनको शुभकामना !

For More videos Log on to Mazzako TV