करिश्मा मानन्धरले लेखिन्, ‘म फेरी जन्मदैछु’
रंगशालामा डा.बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ उद्घाटन समारोहलाई सञ्चालन गरेर गसिपको पात्र बन्न पुगेकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो पुर्नजन्म हुन लागेको आशययुक्त स्टाटस बुधबार बिहान पोस्ट गरेकी छिन् । उनको स्टाटस यस्तो छ :
अध्ययनको शिलशिलामा अमेरिका रहेकी छोरी कवितासँग फोनमा गरिएको संवादमा दिएको जवाफलाई करिश्माले आफ्नो फेसवुक वालमा पोस्ट गरकी हुन् । करिश्माले लेखकी छिन्, ‘छोरी मैंले तिमीलाई जन्माएँ, तर म चाहिं फेरी जन्मदैछु ।’ करिश्माको यस प्रकारको स्टाटसलाई धेरैले सही थप्दै कमेन्ट गरेका छन् । कलाकार दिपाश्री निरौला करिश्माको स्टाटसमा लेख्छिन्, ‘सही भनाई प्यारी दिदि !’
करिश्माले नयाँ शक्तिको उद्घाटनलाई सही रुपमा सञ्चालन नगरेको भन्दै धेरैले सामाजिक सञ्जालमा मजाक उडाएका थिए ।
For More videos Log on to Mazzako TV