नायिका नम्रता श्रेष्ठको आज जन्मदिन हो । नम्रता आज (जुन १४) देखि ३१ वर्षमा प्रवेश गरेकी छिन् । मज्जाको अनलाईन डटकमको तर्फबाट राम्री नम्रतालाई जन्मदिनको शुभकामना !

namrata-shrestha2
सन् २००८ बाट फिल्म ‘सानो संसार’ देखि नम्रताले नेपाली फिल्मको अभिनयको यात्रा सुरु गरेकी हुन् । उनी फिल्म खेल्नु पहिल्यै भिडियो जक्की र म्युजिक भिडियोबाट ‘नोटिस’ भैसकेकी थिइन् । फिल्म ‘मेरो एउटा साथी छ’ बाट उनी युवा पुस्ताको ढुकढुकी बनिन् । विडम्वना, सोही फिल्म रिलिज ताका व्यक्तिगत भिडियो सार्वजनिक भएपछि नम्रताको फिल्मी करिअरमा केही वर्ष ‘ब्रेक’ लाग्न पुग्यो ।

namrata-shresha1

व्यक्तिगत भिडियो सार्वजनिक भएपछि फिल्म ‘फस्ट लभ’ मा ‘केमियो’ रोल निभाएकी नम्रताले फिल्म ‘मिस यु’ बाट कम ब्याक गरिन् । उनको डेव्यु त्यति उत्साहजनक नभएपनि उनलाई भने फाइदा नै पुग्यो, उनले अन्य फिल्महरु खेल्ने अवसर पाइन् । त्यसपछि नम्रताले ‘छड्के’, ‘मौन’, ‘मेघा’ जस्ता फिल्महरुमा अभिनय गरिन् भने ‘मौना’ मा उनले गरेको अभिनयको निकै तारिफ भयो । नायक आर्यन सिग्देलसँग जोडी बाँधेको फिल्म ‘नोभेम्वर रेन’ ले व्यापारिक सफलता पायो भने आर्यनकै ‘क्लासिक’ मा पनि नम्रताको अभिनयको तारिफ भयो । नम्रता आफैले निर्माण गरेको फिल्म ‘सोल सिस्टर्स’ भने असफल हुन गयो ।

namrata-shrestha
नम्रता पछिल्लो समय प्रेमी दावा शेर्पाका कारण चर्चामा आइ रहेकी छिन् । नम्रता केही समयदेखि दावासँग खुला प्रेममा छिन् । उनी भर्खरै अर्को एक फिल्ममा अनुबन्धित भएकी छिन् । जे होस्, जीवनमा आइपर्ने विभिन्न बाधा अवरोधलाई पन्छ्याउँदै अगाडी बढिरहेकी नम्रतालाई धेरैले साहसी युवतीका रुपमा लिन्छन् । नम्रता स्वयम् पनि विगतलाई बिर्सेर वर्तमानमा रमाउने युवती हुन् । यी साहसी युवतीलाई जन्मदिनको फेरी पनि शुभकामना !

For More videos Log on to Mazzako TV